मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको गोली हानी हत्या

मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको गोली हानी हत्या

केन्द्रबिन्दु
69
Shares

तिराना, अल्बानिया । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ ।

पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाई गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ ।

“गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरु घाइते भएका थिए । उनीहरूलाई अस्पताल लगिएको उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए ।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुखद’ भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताएका छन् । उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको बताएका हुन् ।

अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ। -एएफपी

Skip This
Skip This
Logo