लन्डन। विश्वको सबैभन्दा ठूलो डिजिटल मुद्रा क्रिप्टोकरेन्सी बिटक्वाइनले इतिहास रचेको छ। यसको मूल्य पहिलो पटक ९३ हजार पाउन्ड (१ लाख २५ हजार डलर)भन्दा माथि पुगेको छ र यसले नयाँ कीर्तिमान कायम गरेको छ ।
आइतबार पहिलोपटक १ लाख २५ हजार डलर नाघेको बिटक्वाइन सोमबारको सुरूवातमै करिब २ प्रतिशतले बढेर १ लाख २५ हजार २५३ डलरमा कारोबार भएको थियो। सो अनुसार मंगलबारको विनिमयदरसँग हिसाब गर्दा एउटै बिटक्वाइनको नेपाली मूल्य १ करोड ७८ लाखभन्दा बढी पर्न आउँछ।
पछिल्लो १२ महिनामा बिटक्वाइनको मूल्य दोब्बर भएको छ, जसलाई डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फिर्तीले पनि टेवा पुर्याएको बताइन्छ। तर, गत हप्ता मात्रै भएको १० प्रतिशतको उछालको पछाडि एक विशेष कारण रहेको छ, अमेरिकी सरकारको ‘सटडाउन’ ।
बिटक्वाइनका वरिष्ठ सहकर्मी म्याक्स शाननका अनुसार, लगातारको उच्च मुद्रास्फीति र सरकारहरूको बढ्दो ऋणले मौद्रिक आपूर्ति बढाएको छ र नगदको मूल्य घटाएको छ। यी कारणहरूले गर्दा लगानीकर्ताहरूले नगदको मूल्य घट्ने डरले बिटक्वाइन र सुनजस्ता ‘हार्ड’ सम्पत्तिहरूमा आफ्नो पैसा थुपारेका छन्, जसलाई “डिबेसमेन्ट ट्रेड” भनिन्छ।
बिटक्वाइनको आपूर्ति निश्चित (२ करोड १० लाख) छ, जसमध्ये लगभग ९५ प्रतिशत बजारमा आइसकेको छ । यसको सीमितताले मागभन्दा आपूर्ति कम भएको अवस्था सिर्जना गरी मूल्यलाई माथि धकेल्ने तर्क क्रिप्टो उत्साहीहरू लागिपरेका छन् ।





























प्रतिक्रिया