जापानले पायो पहिलो महिला प्रधानमन्त्री

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ।

सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी सनई टाकाइची लाई मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन गरेको हो ।

टाकाइचीले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरिन् । बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अब उनलाई माथिल्लो सदनले पनि अनुमोदन गर्ने सम्भावना उच्च छ। टाकाइचीले आज साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको बताईएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार टाकाइचीको प्रधानमन्त्री चयनले जापानी महिलाहरूको राजनीतिक सहभागिता र सशक्तीकरणका लागि प्रेरणादायी सन्देश दिनेछ। उनी प्रधानमन्त्रीमा अनुमोदन भएपछी उनी निकटका नेता कार्यकर्ताहरु उत्साहित भएका छन् ।

Logo