ब्रसेल्स, बेल्जियम । बेइजिङले दुर्लभ खनिजमा लगाएको निर्यात प्रतिबन्धबारे वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डल बिहीबार ब्रसेल्स आउने इयूले जनाएको छ।
अटो, इलेक्ट्रोनिक्स र प्रतिरक्षा उद्योगका लागि महत्वपूर्ण दुर्लभ खनिजहरूको विश्वको शीर्ष उत्पादक चीनले यस महिनाको सुरुमा उनीहरूको निर्यात सीमित गर्न नयाँ उपायहरू घोषणा गरेको छ। यो कदमले विश्वभर तरङ्ग ल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
युरोपेली सङ्घका व्यापार प्रवक्ता ओलोफ गिलले एक उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल सोमबार भिडियो लिङ्कमार्फत वार्ता गर्ने र बिहीबार ब्रसेल्स आउनेछ।
चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओ भने प्रतिनिधिमण्डलमा सहभागी हुने छैन।
ब्रसेल्समा पत्रकारसँग कुरा गर्दै गिलले भने, “हामीलाई विश्वास छ कि चीनले एक जिम्मेवार साझेदारको रूपमा काम गर्नुपर्छ, त्यसैले हामी यस्तो कदम चालेका छाैं ।”
युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले मलेसियामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को शिखर सम्मेलनको क्रममा चिनियाँ प्रधानमन्त्री ली कियाङसँग यस विषयमा छलफल भएको बताएका छन् ।
शीर्ष युरोपेली अधिकारीले सोमबार पत्रकारसँग भने, “हामी विशेष गरी दुर्लब खनिजको कच्चा पदार्थमा निर्यात नियन्त्रणका सम्बन्धमा चीनसँगको व्यापार सम्बन्धको बारेमा धेरै चिन्तित छौँ।”
कोस्टाले प्रस्तावित भ्रमणले यी समस्यालाई समाधान गर्न आफू आशावादी रहेको बताए । युरोपेली सङ्घले चीनको नयाँ नियन्त्रणका कारण केही कम्पनीहरूले उत्पादन रोक्न बाध्य भएको बताएको छ।





























प्रतिक्रिया