काठमाडाैं । युद्धविराम सम्झौताको उल्लंघन गरेकाे भन्दै गाजा पट्टीमा इजरायलले गरेको श्रृंखलाबद्ध हवाई हमलामा कम्तीमा ३३ प्यालेस्टिनी मारिएका छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासले मंगलबार गाजामा इजरायली सैनिकहरूलाई आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सर्त उल्लंघन गरेको आरोप लगाएका छन्।
यता हमासले भने सीमा रेखा पार गरेको भन्दै यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएकाे छ । उसले इजरायली सैनिकमाथि आक्रमण गरेको कुरालाई कुनै सम्बन्ध नभएको भन्दै युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको दाबी गरेको छ। साथै हमासको सैन्य शाखाले इजरायलले सम्झौता उल्लंघन गरेको कारण बन्धकको शव फिर्ता गर्ने कार्य स्थगित गरेको जनाएको छ।
इजरायली हमलाहरूले गाजा शहर, बेत लाहिया, अल-बुरेज, नुसेरात र खान युनिसलगायतका क्षेत्रमा घरहरू, विद्यालयहरू र आवासीय भवनहरूलाई लक्षित गरेको बताइएको छ।





























प्रतिक्रिया