बिहारमा एनडिए गठबन्धनले ल्यायो दुईतिहाइ बहुमत, ७४ वर्षीय नितिश कुमार मुख्यमन्त्री बन्ने

बिहारमा एनडिए गठबन्धनले ल्यायो दुईतिहाइ बहुमत, ७४ वर्षीय नितिश कुमार मुख्यमन्त्री बन्ने

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।

कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको हो । यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। अब जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

यता राष्ट्रिय जनता दल र कांग्रेसको महागठबन्धन ३५ सिटमा मात्रै विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

Skip This
Skip This
Logo