रुसबाट घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसदलाई जेल सजाय

रुसबाट घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसदलाई जेल सजाय

केन्द्रबिन्दु
18
Shares

लन्डन । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ।

पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र सोही कुरा र टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ठहर गरिएको हो ।

वयानले युक्रेनमा लोकतन्त्रको बारेमा चिन्ता उठाएको राष्ट्रपतिमा निर्वाचित हुँदा भोलोदिमिर जेलेन्स्कीको आलोचनासमेत भएको थियो ।

गिललाई १० वर्ष छ महिनाको जेल सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले भने, “उहाँले ‘महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गर्नुभएको ठहर गरिएको छ ।”

उनको आचरणले ‘आधारभूत रूपमा एक सुपरनेशनल विधायिकी निकायको अखण्डतामा सम्झौता भएको पुष्टि गरेको छ”,न्यायाधीश ग्रबले भने ।

“तपाईंले विदेशी नागरिकहरूबाट भुक्तानी स्वीकार गर्नुभएको, उनीहरूको आदेशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलाहरूमा बयान दिनुभएको, तपाईंको आफ्नै रूपमा प्रस्तुत गरिएको लिखित सामग्री प्रयोग गर्नुभएको र अन्य सांसदहरूको संलग्नताको योजना बनाउनुभएको ठहर भएको छ,” उनले थपेका छन् ।

गिल सन् २०१४ देखि सन् २०२० सम्म सांसद रहेका थिए भने यूरोप पक्षधर यूकेआइपी पार्टीका सदस्य थिए । उक्त दलको नेतृत्व नेता निगेल फराजले गरेका थिए ।

उनी सन् २०२१ मार्चदेखि मेसम्म फराजको रिफर्म यूके वेल्सका नेता पनि भएका थिए र सन् २०१६ देखि सन् २०१७ सम्म वेल्स संसद (सेनेड)को सदस्य पनि भएका थिए ।

उनलाई सन् २०१८ डिसेम्बर र सन् २०१९ जुलाईको बीचमा युक्रेनी राजनीतिज्ञ ओलेग वोलोसिनबाट घूस लिएको आठ मामिलामा दोषी ठहर गरिएको छ । वोलोसिनलाई संयुक्त राज्य अमेरिकाले पछि प्रतिबन्ध लगाएको थियो र युक्रेनमा देशद्रोहको आरोप लगाइएको थियो।

अभियोजनकर्ताहरूका अनुसार उनले त्यस समयमा लगभग ४० हजार पाउण्ड (झण्डै ५२ हजार अमेरिकी डलर) भुक्तानी लिएका थिए । “यो मुद्दाले लोकतान्त्रिक निष्ठाको मुटुमा प्रहार गर्दछ,” क्राउन प्रोसिक्युशन सर्भिस (सिपिएस) का बेथान डेभिडले एक विज्ञप्तिमा भने ।

सुरक्षा मन्त्री डान जार्भिसले फैसलापछि भने, “यो कदम ‘हाम्रो देश, हाम्रो जनता र हाम्रो राष्ट्रिय सुरक्षाप्रतिको विश्वासघात’ हो।” -एएफपी

Skip This
Skip This
Logo