मस्को । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएका छन् ।
खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठुलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुँदा धेरै जनधनको क्षति भएको जनाएका छन् । ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् ।































प्रतिक्रिया