काठमाडौं। स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्थित स्की रिसोर्टमा नयाँ वर्षको पार्टी चलिरहेको बेला आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्। धेरैको अवस्था गम्भीर छ।
आगलागी बिहीबार बिहान करिब १ः३० बजे ली कन्स्टेलिसन बारमा भएको थियो। आगो निभाउन १३ हेलिकप्टर, ४२ एम्बुलेन्स र १५० उद्धारकर्मी खटाइएका थिए।
घाइतेमध्ये ६० जनालाई सियोन अस्पतालमा भर्ना गरिएको छ। अन्य घाइतेलाई लोजान, ज्युरिख र जेनेभाका विशेष बन्र्स युनिटमा पठाइएको छ।
घटना अन्तर्राष्ट्रिय असरमा परेको छ। इटाली र फ्रान्सका नागरिक पनि प्रभावित भएका छन्। मृतक र घाइतेको ठ्याक्कै संख्या पहिचान गर्न समय लाग्ने अधिकारीहरूले जानकारी दिएका छन्। पीडित परिवारका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ।
आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक शंका अनुसार बारभित्र फ्लेयरसहितका स्याम्पेन बोतल र साँघुरा सिँढीले असर पारेको हुन सक्छ, तर अधिकारीहरूले पुष्टि गरेको छैन।































प्रतिक्रिया