भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

केन्द्रबिन्दु
63
Shares

एजेन्सी । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको बताएकी छिन्। ह्यारिसले भेनेजुएलामा ट्रम्पको कार्यले संयुक्त राज्य अमेरिकालाई सुरक्षित नबनाउने बताइन् । उनले त्यहाँ जबरजस्ती शासन परिवर्तन गर्दा अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन सक्ने र अमेरिकी जीवनलाई जोखिममा पार्न सक्ने चेतावनी दिइन् ।

‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा बढी किफायती बनाउँदैन । मादुरो एक क्रूर, अवैध तानाशाह हो भन्ने तथ्यलाई परिवर्तन गर्दैन । यो कार्य गैरकानूनी र मूर्खतापूर्ण थियो । शासन परिवर्तनको लागि युद्ध वा तेल जुन शक्तिको रूपमा बेचिन्छ त्यो अराजकतामा परिणत हुन्छ । र अमेरिकी परिवारहरूले त्यसको मूल्य तिर्नुपर्ने हुन्छ’ उनले सामाजिक संजालमा लेखेकी छिन् ।

ह्यारिसले अमेरिकी जनताले यस्ता सैन्य कारबाहीलाई समर्थन नगरेको र ट्रम्पले जनतालाई भ्रमित गरेको आरोप लगाएको बताइन्।

ट्रम्प विरुद्ध हालैको राष्ट्रपति चुनावमा उम्मेदवारी दिएकी ह्यारिसले यो कारबाहीले अमेरिकी सेनालाई जोखिममा पार्न सक्ने र यसको कुनै कानुनी आधार वा निकास योजना नभएको चेतावनी पनि दिइन्।

भेनेजुएलामा अमेरिकी हमलाको लगत्तै, राष्ट्रपति ट्रम्पले आफ्नो मारएलागो निवासमा पत्रकार सम्मेलन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डारको नियन्त्रण लिने जनाएका थिए । –एएनआइ)

Skip This
Skip This
Logo