मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित :मानव अधिकार तथा शान्ति समाज

मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित :मानव अधिकार तथा शान्ति समाज

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन्।तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिकार समुदायको असहमति रहिरहनेछ । तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo