भेनेजुएलाका उद्योगमन्त्री साब पदबाट बर्खास्त

भेनेजुएलाका उद्योगमन्त्री साब पदबाट बर्खास्त

केन्द्रबिन्दु
30
Shares

काराकास । भेनेजुएलाका अन्तरिम राष्ट्रपतिले अपदस्थ नेता निकोलस मदुरोका नजिकका सहयोगी मानिने व्यापारी एलेक्स साबलाई उद्योगमन्त्रीबाट बर्खास्त गरेकी छन् ।

टेलिग्राम सन्देशमा राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, “उद्योग मन्त्रालय वाणिज्य मन्त्रालयसँग जोडिनेछ र कोलम्बियामा जन्मेका भेनेजुएलाका साबलाई ‘मातृभूमिको लागि उनको सेवाको लागि धन्यवाद दिँदै उहाँलाई नयाँ जिम्मेवारी दिइनेछ ।”

जनवरी ३ मा पूर्व शासक मदुरोलाई सत्ताच्युत गर्ने अमेरिकी सेनाको आक्रमणपछि वासिङ्टनको दबाबपछि यो परिवर्तन आएको हो ।

संयुक्त राज्य अमेरिकासँग कैदी आदानप्रदानको एक भागको रूपमा सन् २०२३ मा रिहा भएका साबलाई मदुरो सरकारले सन् २०२४ मा उद्योग मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

उनी समाजवादी नेता मदुरोको लागि सम्पत्ति शुद्धिकरणको लागि काम गरेको आरोपमा अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सूचनाका आधारमा सन् २०२० मा केप भर्डेबाट पक्राउ गरिएको थियो ।

त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो, जहाँ उनी र उनका व्यापारिक साझेदार अल्भारो पुलिडोलाई भेनेजुएलाको लागि हुने खाद्य सहायताको दुरुपयोग गर्ने सञ्जाल चलाएको आरोप लगाइएको थियो।

अमेरिकाले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि रोड्रिगेजले भेनेजुएलाको सरकारका सदस्यलाई फेरबदल गरेको यो पछिल्लो महत्वपूर्ण निर्णय हो।

यसैबीच भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो देशले ‘वास्तविक रूपमा प्रजातान्त्रिक सङ्क्रमण’ सुरु गरिरहेको र संयुक्त राज्य अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वतन्त्र हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कार विजेता मचाडोलाई नेतृत्वमा ल्याउने चर्चा तत्कालका लागि किनारा लगाइएको छ । मदुरोलाई कब्जामा लिएपछि ट्रम्पले तेलको धनी देश भेनेजुयलाको अन्तरिम नेताको रूपमा पूर्व उपराष्ट्रपति रोड्रिगेजलाई समर्थन गरेका छन् ।

Logo