इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको हत्या जारी रहने राष्ट्रसङ्घको चेतावनी

इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको हत्या जारी रहने राष्ट्रसङ्घको चेतावनी

केन्द्रबिन्दु
9
Shares

गाजा । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको निरन्तर हत्याको चेतावनी दिएको छ ।

युद्धविराम पछि जारी हिंसाको बढ्दो ग्राफको सन्दर्भमा, दुई वर्षको विनाशको लामो प्रभावको बीचमा उनले उस्तो बताएका छन् ।

विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न र पुनस्र्थापना र पुनर्निर्माणका लागि मानव–अधिकारमा आधारित दृष्टिकोणलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाबलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिएका छन् । गाजाको सङ्कट अन्त्य हुन नसकेको बताउदै उहाँले इजरायली आक्रमणबाट वा मानवीय सहायता, प्रवेशमा प्रतिबन्धको कारण दैनिक मानिसहरू मर्दै गरेको चतावनी दिएका छन् ।

उनले जनवरी – २१ सम्म युद्धविराम पछि कम्तिमा २१६ जना प्यालेस्टिनीहरू मारिएकोमा कम्तिमा ४६ जना बालबालिका र २८ महिलाहरू रहेको पुष्टि गरेका छन‍् ।

Logo