काठमाडौं। भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा भएको विमान दुर्घटनामा निधन भएको छ । दुर्घटनामा अजित पवारसहित ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको निजी चार्टर्ड विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भई आगलागी भएको थियो । विमानमा उपमुख्यमन्त्री पवारसहित उनका सहयोगी र चालकदलका सदस्य सवार थिए ।
दुर्घटनाको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया