बुर्किना फासोमा सैन्य सरकारद्वारा सबै राजनीतिक दलहरू खारेज

बुर्किना फासोमा सैन्य सरकारद्वारा सबै राजनीतिक दलहरू खारेज

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । बुर्किना फासोको सैन्य नेतृत्वको सरकारले देशका सबै राजनीतिक दल र राजनीतिक समूहहरूलाई विघटन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलहरूको सञ्चालन र कानुनी ढाँचालाई नै खारेज गर्ने निर्णय गरेको हो।

सेप्टेम्बर २०२२ मा कूमार्फत शक्तिमा आएका सैन्य सरकारले १० राजनीतिक दल र अन्य राजनीतिक समूहहरूलाई तुरुन्तै लागू हुने गरी विघटन गर्दै विघटित दलहरूको सम्पूर्ण चल-अचल सम्पत्ति अब राज्यको स्वामित्वमा हस्तान्तरण गरिने प्रक्रिया अघि बढाएकाे हाे ।

दलहरूको वित्तपोषण र सञ्चालन सम्बन्धी विद्यमान कानुनहरू खारेज गर्नका लागि नयाँ विधेयक ‘संक्रमणकालीन व्यवस्थापिका’मा पठाइने आन्तरिक मन्त्री इमिल जेर्बोले जानकारी दिए ।

सरकारका अनुसार यो निर्णय “राज्यको पुनर्संरचना” र राष्ट्रिय एकता कायम गर्नका लागि आवश्यक थियो । मन्त्री जेर्बोले बहुदलीय व्यवस्थामा देखिएका “व्यापक अनियमितता र बेथिति” का कारण सामाजिक सद्भाव कमजोर भएको दाबी गरे ।  

२०२० को आम निर्वाचन ताका बुर्किना फासोमा १०० भन्दा बढी राजनीतिक दलहरू दर्ता थिए। बुर्किना फासो हाल अल-कायदा र इस्लामिक स्टेटसँग आबद्ध चरमपन्थी समूहहरूको हिंसात्मक विद्रोहबाट गुज्रिरहेको छ। दशकौँदेखि जारी यस संघर्षमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।

इब्राहिम ट्राओरेको नेतृत्वमा रहेको सैन्य सरकारले सुरक्षा अवस्थाको कारण देखाउँदै सन् २०२४ को जुलाईका लागि तय गरिएको निर्वाचन समेत अनिश्चितकालका लागि स्थगित गरिसकेको छ।

Skip This
Skip This
Logo