काठमाडौं। इरानका वरिष्ठ अधिकारीहरूले अमेरिकासँग वार्ताका लागि तयारी भइरहेको बताएका छन्। इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले वार्ताको संरचना निर्माण भइरहेको जानकारी दिएका हुन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पको धम्की दिँदै तनाव कायमै राखेका छन्। ट्रम्प प्रशासनले अब्राहम लिंकन विमानवाहक युद्धपोतसहित इरान नजिक ठूलो नौसैनिक तैनाथ गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी गतिविधि क्षेत्रीय अस्थिरता बढाउने बताउँदै, पेशागत व्यवहार अपनाउन अमेरिकी पक्षलाई चेतावनी दिएका छन्।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले तेहरानमा इरानी अधिकारीसँग भेट गरी क्षेत्रीय तनाव घटाउने प्रयासमा सहयोग गर्ने बताएका छन्।
विशेषज्ञहरूले भने, परिस्थिति अत्यन्त संवेदनशील छ, तर वार्ता प्रगतिसँगै सम्भावित सैन्य टकराव टार्न सकिने संकेत देखिएको बताएका छन्।































प्रतिक्रिया