काठमाडौं। रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क सहर नजिक सोमबार प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। विमानमा सवार दुई विद्यार्थी र एक प्रशिक्षक घटनास्थलमै ज्यान गुमाएका छन्।
स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे भएको दुर्घटनामा विमानले प्रशिक्षण उडान भर्दै थियो। उद्धार टोलीले घटनास्थलमा आगलागी नभएको जानकारी दिएको छ ।
स्थानीय अधिकारीहरूले विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु भएको बताएका छन्।





























प्रतिक्रिया