काठमाडौं। चीनले नेपालका लागि नयाँ राजदूतको रूपमा चाङ माओमिङ नियुक्त गरेको छ । चीनको विदेश मन्त्रालयले उनको नियुक्ति स्वीकृत गरिसकेको छ र उनी फागुनको पहिलो हप्तामा नेपाल आउनेछन्।
नेपालमा वर्तमान चुनावी परिस्थिति र राजनीतिक परिवर्तनका कारण चाङले आफ्नो आगमन छिटो तय गरेका स्रोतले बताएको छ। नयाँ राजदूत चाङले यसअघि पनि नेपाल भ्रमण गरिसकेका छन् र नेपाली राजनीतिका उच्चस्तरीय भेटघाटमा संलग्न रहिसकेका छन्।
चिनियाँ राजदूत चेन सोङको तीन वर्षको कार्यकाल पूरा भएपछि यस स्थानमा चाङ आउन लागेका हुन्। उनी नेपाल मामिलामा अनुभवी मानिन्छन् र आगामी समयमा नेपाल–चीन सम्बन्ध तथा चुनावी परिवेशलाई नजिकबाट अवलोकन गर्ने स्रोतले बताएको छ ।































प्रतिक्रिया