टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा दुई–तिहाइभन्दा बढी बहुमतसहित ऐतिहासिक विजय हासिल गरेको छ। प्रारम्भिक मतगणनाको आधारमा जापानी सञ्चारमाध्यमहरूले यसलाई ‘भारी जीत’ को संज्ञा दिएका छन् ।
सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार एलडीपीले एक्लैले ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट जित्दै स्पष्ट बहुमत ९२६१ (सिट) सहजै पार गरेको छ। सन् १९५५ मा पार्टी स्थापना भएयताकै यो सबैभन्दा ठूलो सफलता हो। यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा ३०० सिट जितेको रेकर्ड थियो। एलडीपीको नयाँ सहयोगी जापान इनोभेसन पार्टी (जेआईपी) ले ३६ सिट जितेसँगै सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ।
क्योदो न्युजका अनुसार सोमबार बिहान ३ बजेसम्मको अनुमानित तथ्यांकमा मतदाता सहभागिता ५६.२३ प्रतिशत रहेको छ।
विजयपछि एनएचकेसँगको अन्तर्वार्तामा ताकाइचीले अब जापानलाई ‘बलियो र समृद्ध राष्ट्र’ बनाउने नीतिहरू अघि बढाउने बताइन्। एलडीपी मुख्यालयमा मुस्कुराउँदै उनले विजयी उम्मेदवारहरूको नाममा रातो रिबन टाँसेर खुसी साटेकी थिइन्।
लोकप्रिय नेतृत्वको प्रभाव
अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी अल्ट्रा–कन्जरभेटिभ नेतृ ताकाइचीको शैली युवा पुस्तामाझ लोकप्रिय बनेको छ। ‘काम, काम र काम’ गर्ने प्रतिबद्धताले मतदातालाई आकर्षित गरेको विश्लेषण गरिएको छ।
विपक्ष भने विभाजित र कमजोर देखियो। एलडीपीको पूर्व साझेदार कोमेतो र उदारवादी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीबीच बनेको गठबन्धनले अपेक्षित सफलता हासिल गर्न सकेन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सामाजिक सञ्जालमार्फत ताकाइचीलाई ‘भव्य विजय’ को बधाई दिएका छन्।
दक्षिणपन्थी एजेन्डामा जोड
ताकाइची सरकारले अर्थतन्त्र सुदृढीकरणसँगै सुरक्षा र रक्षा क्षमतामा उल्लेख्य विस्तार गर्ने योजना अघि सारेको छ। चीनसँग बढ्दो तनाव र अमेरिकासँगको सम्बन्ध सुदृढ बनाउने रणनीतिअनुसार सैन्य खर्च वृद्धि, हतियार निर्यात प्रतिबन्ध हटाउने तथा आक्रामक रक्षा क्षमता विकास गर्ने तयारी छ।
उनले विदेशी नागरिक र आप्रवासन नीतिमा कडाइ गर्ने, गुप्तचरी नियन्त्रण तथा राष्ट्रिय सुरक्षासम्बन्धी कानुनहरू सुदृढ गर्ने एजेन्डासमेत अघि सारेकी छन्। विश्लेषकहरूका अनुसार यस्ता नीतिले नागरिक अधिकारमा असर पार्न सक्ने चिन्ता पनि बढेको छ।
आगामी चुनौती
तल्लो सदनको पहिलो प्राथमिकता आगामी बजेट पारित गर्नु हुनेछ। बढ्दो महँगी र सुस्त तलब वृद्धिलाई सम्बोधन गर्ने आर्थिक प्याकेज ल्याउने सरकारको तयारी छ। यद्यपि, बढ्दो सैन्य खर्च कसरी व्यवस्थापन गर्ने, चीनसँगको कूटनीतिक तनाव कसरी समाधान गर्ने र संविधान संशोधन जस्ता विषयमा स्पष्ट योजना नदेखिएको भन्दै आलोचना पनि भइरहेको छ।
यस निर्वाचनपछि ताकाइचीलाई सन् २०२८ सम्म अर्को चुनावको दबाब नहुने भएकाले आफ्ना दीर्घकालीन नीतिहरू कार्यान्वयन गर्ने पर्याप्त समय प्राप्त भएको छ।
को हुन् ताकाइची
सानाए ताकाइची जापानकी प्रभावशाली राजनीतिज्ञ तथा हालकी प्रधानमन्त्री हुन्। सन् १९६१ मार्च ७ मा नारा प्रिफेक्चरको यामातोकोरियामामा जन्मिएकी उनी कोबे विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक गरेपछि सार्वजनिक जीवनमा प्रवेश गरिन्।
राजनीतिक यात्राअघि उनले लेखक र सञ्चारकर्मीका रूपमा काम गर्दै नीति, प्रशासन र जनसम्पर्कको व्यावहारिक अनुभव संकलन गरिन्। सन् १९९३ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभामा निर्वाचित भई उनले औपचारिक राजनीतिक जीवन सुरु गरिन् र पछि लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) मा आबद्ध भइन्।
राजनीतिमा आउनुअघि ताकाइचीको मिडियासँग सम्बद्धता थियो। सन् १९८० को दशकको अन्त्यतिर उनी टेलिभिजन पत्रकारिता र प्रसारण क्षेत्रमा सक्रिय भइन्। टिभी असाहीमा प्रस्तोताका रूपमा काम गर्दै ‘कोदावारी टिभी प्रि–स्टेज’ कार्यक्रम सह–सञ्चालन गरिन् भने पछि फुजी टेलिभिजनमा बिहानको सूचना कार्यक्रमको एङ्करका रूपमा देखा परिन्। उनले अमेरिकी राजनीतिबारे विश्लेषणात्मक लेख तथा पुस्तकहरू पनि लेखिन्। मिडिया र सञ्चार क्षेत्रको यही अनुभवले उनलाई सार्वजनिक प्रस्तुति, सन्देश प्रवाह र जनमत निर्माणमा दक्ष नेतृका रूपमा स्थापित गर्यो, जसले उनको राजनीतिक करियरलाई थप मजबुत बनायो।
एलडीपीभित्र उनी पूर्वप्रधानमन्त्री शिन्जो आबेको निकट सहयोगीका रूपमा उदाइन् र आन्तरिक मामिला तथा सञ्चार मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री, आर्थिक सुरक्षा मन्त्रीलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिन्। सन् २०२५ मा पार्टी अध्यक्ष निर्वाचित हुँदै जापानकी पहिलो महिला प्रधानमन्त्री बनिन्। अर्थतन्त्र सुदृढीकरण, राष्ट्रिय सुरक्षा मजबुत बनाउने, रक्षा खर्च वृद्धि गर्ने तथा कडा राष्ट्रवादी नीतिहरू अघि सार्ने उनको एजेन्डाले उनलाई दक्षिणपन्थी तथा ‘आइरन लेडी’ छविको नेतृका रूपमा चिनाएको छ। युवा पुस्तामाझ समेत उनको लोकप्रियता उल्लेखनीय छ।
तरंग नेपालमा
जापानको चुनावी नतिजाले नेपालमा राम्रै तरंग ल्याएको छ । बिहानै एमाले नेता गोकुल बास्कोटाले लेखेका छन् । प्रमका दावेदार पाँच छन । तर कस्ले जापानी प्रम ताकाईचीको जस्तो ४४५ मा ३१० सिटको पहिरो चलाउने जित निकाल्लान त रु यो चुनावको परिणाम परम्परागत अनुमान र दलका दावी भन्दा १८० डिग्री भिन्न पनि आउन सक्छ । खोक्न त जति पनि पाइयो नि । सोमबार बिहान नै विज्ञापन व्यवसायी नारद बास्तोलाले लेखका छन् ( जापानमा पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत , नेपालमा के होला ?
रास्वपाले पनि परम्परागत दलप्रतिको असन्तोषलाई अवसरका रूपमा लिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागिता र परिणाममुखी राजनीति अघि सारेको छ । ताकाइचीले जापानमा जस्तै नयाँ मतदाता र शहरी युवालाई केन्द्रमा राखेर अभियान चलाइन्, ठ्याक्कै त्यस्तै रणनीति रास्वपाले पनि अपनाइरहेको देखिन्छ। यस अर्थमा जापानको नतिजाले नेपाललाई स्पष्ट सन्देश दिएको छ । यदि स्पष्ट एजेन्डा, विश्वसनीय नेतृत्व र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकियो भने स्थापित शक्तिहरूलाई पनि पराजित गर्न सकिन्छ।
जापानमा सानाए ताकाइचीले नेतृत्व गरेको लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० नेपालको रास्वपाजस्तो नयाँ शक्ति होइन, बरु करिब सात दशकदेखि शासन गरिरहेको स्थापित र बलियो संगठन भएको दल हो। देशव्यापी संरचना, अनुभवी कार्यकर्ता, आर्थिक स्रोत, स्थानीय तहसम्मको नेटवर्क र स्थिर मतदाता आधार यी सबै एलडीपीका पुराना शक्तिहरू हुन्। ताकाइचीले त्यसै तयार ‘मेसिन’ लाई नयाँ अनुहार, नयाँ ऊर्जा र स्पष्ट राष्ट्रवादी सुधारवादी एजेन्डासँग जोडेर पुनर्जीवित गरिन्। अर्थात्, उनको सफलता संगठन पुरानो, नेतृत्व शैली नयाँ भन्ने मोडेलमा आधारित थियो।
नेपालमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठीक उल्टो अवस्थामा छ। यहाँ नेतृत्व र ऊर्जा नयाँ छन्, तर संगठन अझै निर्माणको चरणमा छ । रवि लामिछाने र बालेन्द्र साहजस्ता लोकप्रिय व्यक्तित्वले जनआकर्षण त सिर्जना गरेका छन्, तर देशव्यापी संरचना, कार्यकर्ताको बल, संस्थागत अनुभव र दीर्घकालीन मतदाताको आधार निर्माण भने निर्माण गरेका छैनन् ।





























प्रतिक्रिया