पश्चिमा अविश्वास आणविक वार्ताको प्रगतिमा बाधक भएको इरानको दावी

पश्चिमा अविश्वास आणविक वार्ताको प्रगतिमा बाधक भएको इरानको दावी

केन्द्रबिन्दु
24
Shares

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताएका छन् ।

सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आणविक वार्ताको प्रगतिमा बाधक इरान नभएको दावी गर्दै यसको दोष पश्चिमा गठबन्धनलाई दिएका हुन् ।

राष्ट्रपति पेजेश्कियानले इरानले आणविक हतियारको खोजी नगरेको र कुनै पनि प्रमाणीकरणका लागि तयार रहेको जिकिर गरे । “हामी विश्वास के कुरामा विश्वास गर्छौं भने यस क्षेत्रका समस्याहरू क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन्, विदेशी राष्ट्रहरूले होइन,” उनले भने ।

“इरानले कहिले पनि अत्यधिक माग र आक्रामकताको अगाडि आत्मसमर्पण गर्ने छैन,” उनले थपे ।

यसैबीच, राष्ट्रपति पेजेस्कियानले इरान इमान्दारिताका साथ कूटनीतिको बाटोमा हिँडिरहेको र क्षेत्रीय शान्ति सुनिश्चित गर्न पश्चिम एशियाका देशहरूसँग अन्तरक्रिया गरिरहेको बताएका छन‍् ।

Logo