काठमाडौं। टाटा मोटर्स प्यासेन्जर भेहिकल र स्टेलान्टिसले २० वर्ष लामो सहकार्यलाई नयाँ समझदारी पत्र (एमओयू) मार्फत थप विस्तार गर्ने घोषणा गरेका छन्। विस्तारित साझेदारीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्पादन र इन्जिनियरिङ गतिविधि सुदृढ गर्ने लक्ष्य राखेको छ ।
दुवै कम्पनीको ५०ः५० संयुक्त उद्यम ‘फियाट इन्डिया अटोमोबाइल्स प्राइभेट लिमिटेड’ मार्फत हालसम्म १३.७ लाखभन्दा बढी सवारी साधन उत्पादन भइसकेका छन्। करिब पाँच हजारलाई रोजगारी दिइरहेको उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता २ लाख २२ हजार युनिट रहेको छ। हाल त्यहाँ चारवटा जीप ब्रान्डका र तीनवटा टाटा मोटर्सका मोडेल उत्पादन भइरहेका छन्।
सहकार्यअन्तर्गत स्टेलान्टिसको विश्वव्यापी प्रविधि र अनुभवलाई टाटा मोटर्सको स्थानीय उत्पादन क्षमतासँग जोडेर निर्माण, पावरट्रेन र आपूर्ति शृंखलामा एकीकृत ढाँचा विकास गरिएको छ।
कम्पनीहरूका अनुसार यो साझेदारीले उत्पादन क्षमतामात्र नभई प्राविधिक ज्ञान आदान–प्रदान, लागत दक्षता र दीर्घकालीन प्रतिस्पर्धात्मकता मजबुत बनाउन सहयोग पु¥याएको छ। नयाँ समझदारीसँगै भविष्यका परियोजनामा समेत सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया