काठमाडौं । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ ।
अदालतले उनलाई डेढ करोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढ करोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।































प्रतिक्रिया