यूकेमा गरिएको परीक्षणमा नोभाभ्याक्सले ८९ प्रतिशत सुरक्षा दिने

यूकेमा गरिएको परीक्षणमा नोभाभ्याक्सले ८९ प्रतिशत सुरक्षा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले भनेको छ । परीक्षणका क्रममा रहेको उसको कोभिड–१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ।

संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको हो। यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए। यूकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्ड र एस्ट्राजेनिका, फाइजररबायोएनटेक र मोडेर्ना खोपहरू हुन् ।

महत्वपूर्ण समयमा परीक्षण

यूकेबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमण दर रहेको भाइरसको नयाँ प्रकार फैलिरहंदा यस्तो परीक्षण भएको हो।

जसकै कारण यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ। अझै केही बढ्ता सङ्क्रामक भिन्न प्रकार दक्षिण अफ्रिकामा पनि पाइएको छ। जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिशत प्रभावकारी देखिएको छ।

यूकेका प्रधानमन्त्रीले यस सुखद् समाचारको स्वागत गरेका छन्।

कहिले प्रयोगमा आउला ?

उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताएका छन्। यूकेले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ।

नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्ध वार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ। अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो।

सानदार नतिजा

तेस्रो चरणको परीक्षणका बेला सहभागीमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९.३ प्रतिसत प्रभावकारी देखिएको थियो।

१८–८४ उमेर समूहका सहभागी १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढि उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ। यूके सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई सानदार बताएका छन्।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न तयारी अवस्थामा रहेको बताएका छन्। यसअघि आएका फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ। बीबीसीबाट

Logo