मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भएन कुनै क्षती

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भएन कुनै क्षती

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मलेसियाको सबाह राज्य नजिक सुलु सागर क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

भूकम्प समुद्रमुनि करिब ६२० किलोमिटर गहिराइमा गएको जनाइएको छ। विशेषज्ञहरूका अनुसार यति गहिराइमा जाने भूकम्पले सतहमा कम असर पार्ने भएकाले ठूलो क्षति हुने सम्भावना कम हुन्छ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको खतरा नरहेको जनाएको छ। मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ।

भूकम्पको हल्का कम्पन सबाह र सारावाकका केही क्षेत्रमा महसुस गरिएको थियो। छिमेकी देश फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनमा पनि हल्का धक्का अनुभव गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

अहिलेसम्म कुनै भौतिक क्षति वा मानवीय हताहतीको विवरण आएको छैन। सम्बन्धित निकायले अवस्था निगरानीमा राखेको बताएका छन्।

Skip This
Skip This
Logo