काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।
हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये अमेरिकी कम्पनी फाइजर र जर्मन औषधि निर्माता बायोन्टेकको सहकार्यमा कोभिड–१९ विरुद्धको भ्याक्सिन तयार भएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो भ्याक्सिनले कोभिड विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको जनाइएको हो । यसलाई खोपको विकासमा उल्लेखनीय सफलताका रुपमा हेरिएको छ ।
त्यस्तै कोरोना संक्रमणको जोखिमका कारण विगतका वर्षहरुमाभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ । तिहार आउन केही दिनमात्रै बाँकी रहे पनि बजारमा विगत जस्तो तामझाम भने देखिएको छैन् । मानिसहरुको भीडभाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरुको भनाइ छ ।
कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीव्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्ष भरीको खेल तालिका प्रभावित गराउँदा खेलाडीदेखि पदाधिकारीमा नैराश्यता छाएको छ ।
त्यस्तैगरी पछिल्लो समय भारतीय उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आउने क्रम बढेको छ । कात्तिक महिनामा मात्रै भारतीय दुई उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आइसकेका छन् भने भारतीय विदेश सचिव अबको केही दिनमै नेपाल भ्रमणमा आउने समाचार विवरणहरु सार्वजनिक भएका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार डाकेको अनौपचारिक सचिवालय बैठक सकिएको छ । मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डसहित सचिवालयका पाँच सदस्य उपस्थित अनौपचारिक बैठक सकिएको हो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया