मोदीले दिए रवि र बालेनलाई निर्वाचन सफलताको बधाई तथा शुभकमना

मोदीले दिए रवि र बालेनलाई निर्वाचन सफलताको बधाई तथा शुभकमना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई निर्वाचन सफलताका लागि बधाई दिएका छन्।

मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी सार्वजनिक गर्दै दुवै नेताले व्यक्तिगत रूपमा हासिल गरेको जित तथा रास्वपाले निर्वाचनमा पाएको उल्लेखनीय सफलताप्रति शुभकामना व्यक्त गरेका हुन्।

कुराकानीका क्रममा उनले नेपालमा बन्ने नयाँ सरकारका लागि पनि शुभेच्छा व्यक्त गरेका छन्। साथै, नेपालमा रास्वपाको उदयलाई सकारात्मक संकेतका रूपमा लिएको बताएका छन्।

भारत र नेपालबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै साझा समृद्धि, विकास र पारस्परिक हितका क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता भारतको रहेको उनले उल्लेख गरेका छन्।

आगामी दिनमा दुवै देशबीचको सम्बन्ध संयुक्त प्रयासमार्फत थप उचाइमा पुग्ने विश्वास मोदीले व्यक्त गरेका छन्।

मोदी, लामिछाने र शाहबीच भएको यो संवादलाई नेपाल–भारत सम्बन्ध र भावी सहकार्यका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Logo