काठमाडौं। पाकिस्तानले नेपालमा आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले सन्देश जारी गर्दै नेपाल सरकार र नेपाली जनताप्रति बधाई व्यक्त गरेका हुन्।
सन्देशमा पाकिस्तानले नेपालसँगको मित्रवत् सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
उपप्रधानमन्त्री दरले आफ्ना समकक्षी र नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्र विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।





























प्रतिक्रिया