काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ ।
अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो ।
यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुन: खोल्ने निर्णय गरिएको जनाएको बीबीसीले जनाएको छ । साथै, उड्डयन सुरक्षाको उच्चतम स्तर कायम राख्न वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।































प्रतिक्रिया