बालबालिका रोक्न नसकेको भन्दै अष्ट्रेलियाद्वारा सामाजिक सञ्जाल कम्पनीमाथि मुद्दा तयारी

बालबालिका रोक्न नसकेको भन्दै अष्ट्रेलियाद्वारा सामाजिक सञ्जाल कम्पनीमाथि मुद्दा तयारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । अष्ट्रेलियाको अनलाइन सुरक्षा निकायले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न रोक्न नसकेको भन्दै ठूला टेक कम्पनीविरुद्ध अदालत जाने तयारी गरेको छ।

फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता प्लेटफर्महरू कानुनअनुसार प्रतिबन्ध लागू गर्न असफल भएको आरोपमा निगरानीमा परेका छन्।

अष्ट्रेलियामा २०२५ डिसेम्बर १० देखि लागू भएको कानुनअनुसार १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण रोक लगाइएको छ। तर कार्यान्वयन प्रभावकारी नभएको भन्दै नियामक निकायले गम्भीर आपत्ति जनाएको छ।

अनलाइन सुरक्षा आयुक्तका अनुसार करिब ५० लाख खाताहरू निष्क्रिय पारिए पनि अझै धेरै बालबालिकाले नयाँ खाता खोलिरहेको र उमेर छली हुने समस्या कायम रहेको देखिएको छ।

सरकारले केही कम्पनीहरूले जानाजानी कानुन पालना नगरेको आरोप लगाउँदै ठूलो जरिवाना र कानुनी कारबाहीको संकेत दिएको छ।

नियामक निकायले आगामी जुनसम्म कुन कम्पनीविरुद्ध मुद्दा दायर गर्ने भन्ने निर्णय गर्ने जनाएको छ।

Logo