इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको खानी अन्वेषण स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन् । चागी जिल्लास्थित नेसनल रिसोर्सेज लिमिटेडद्वारा सञ्चालित तामा र सुन अन्वेषण केन्द्रमा बुधबार साँझ आक्रमण भएको सुरक्षा स्रोतले जनाएको छ ।
आक्रमणकारीहरूले साना हतियार र ग्रेनेड प्रयोग गर्दै शिविरमा तोडफोड र आगजनी गरेका थिए । घटनामा तीन निजी सुरक्षा गार्ड र छ मजदुरको ज्यान गएको पुष्टि भएको छ । जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएको र अन्य फरार भएको जनाइएको छ ।
आक्रमणपछि सुरक्षा बलले क्षेत्रमा खोजी तथा अनुसन्धान अभियान सुरु गरेको छ । घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।





























प्रतिक्रिया