बेइजिङ,२४,पुस

चीनको एक समुद्रमा दुई वटा पानीजहाज ठोक्किँदा ३२ जना बेपत्ता भएका छन् । "/>

१ लाख ३६ हजार टन इन्धन बोकेको पानीजहाज ठोकियो : ३२ जनाको मृत्यु

१ लाख ३६ हजार टन इन्धन बोकेको पानीजहाज ठोकियो : ३२ जनाको मृत्यु


बेइजिङ,२४,पुस

चीनको एक समुद्रमा दुई वटा पानीजहाज ठोक्किँदा ३२ जना बेपत्ता भएका छन् । तेल बोकेको पानीजहाज र मालसामान सहितको ‘कार्गो’ पानीजहाज चीनको पूर्वी समुद्री तटमा आपसमा ठोक्किँदा ३२ जना हराइरहेका बीबीसीले जनाएको छ । पानामामा दर्ता ‘द सान्ची’ नामक पानीजहाजले इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको थियो । दुर्घटनामा परेको पानीजहाज इरानबाट दक्षिण कोरिया जान लागेको बताइएको छ । दुर्घटनापछि जहाजमा आगो लागेको थियो ।

चीनको यातायात मन्त्रालयले हराइरहेका मानिसहरु सो जहाजका चालक दलका सदस्य रहेको जनाएको छ । हराइरहेका मध्ये ३० जना इरानी र दुई जना बंगलादेशी रहेको बताइएको छ । ‘कार्गो’ पानीजहाजमा चालक दलका २१ सदस्य थिए र उनीहरु सबैजनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सो दुर्घटना सांघाई नजिक भएको थियो । खोज तथा उद्धारका लागि आठवटा चिनियाँ पानीजहाज खटिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाले पनि तटरक्षकहरुको एउटा जहाज र हेलिकोप्टर सहयोगका लागि पठाएको बताइएको छ ।
एजेन्सी

Logo