जर्मनस्थित नेपाली दूतावासले आग्रह : घट्ना भएपछि उद्धार गर्न कठिन हुन्छ, युक्रेनमा रहेका नेपाली तुरुन्त स्वदेश फर्किनू

जर्मनस्थित नेपाली दूतावासले आग्रह : घट्ना भएपछि उद्धार गर्न कठिन हुन्छ, युक्रेनमा रहेका नेपाली तुरुन्त स्वदेश फर्किनू

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फर्किन भनेको छ ।

दूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार नेपाली नागरिकलाई युक्रेन भ्रमण गर्ने योजना भए स्थगन गर्न पनि भनेको छ। “रुस तथा युक्रेनबिचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई यस राजदूतावासबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।

“घट्ना भएपछि उद्धार गर्न अत्यन्त कठिन हुन्छ । युक्रेन प्रवेश नगर्न दूतावासले पटकपटक सूचना जारी गरे पनि विभिन्न बहानामा नेपाली आउने क्रम रोकिएको छैन। त्यसैले युक्रेनमा रहनु भएका सबै नेपाली नागरिक यथाशीघ्र सुरक्षित र सकुशल नेपाल फर्कनसमेत अनुरोध छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ। ।

दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकलाई कुनै सहयोगको आवश्यकता परेमा नेपाली राजदूतावास, बर्लिनको प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर: ००४९१७६२६७४१२०७ समेत राखेर सूचना जारी गरेको छ ।

बर्लिनस्थित नेपाली दूतावासले युक्रेनसहित जर्मनी, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा समन्वय र सहकार्य गर्छ ।

Logo