इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने

केन्द्रबिन्दु
18
Shares

तेहरान । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ।

तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा बताएको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भने, “विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानून’ को रूपमा पारित गरिनेछ।”

उनले भने, “विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ । अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।”

“इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैं यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ, ” अजिजीले बताए ।

Logo