नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनामा रूसद्वारा शान्तिपूर्ण सैन्य प्रदर्शन

नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनामा रूसद्वारा शान्तिपूर्ण सैन्य प्रदर्शन

केन्द्रबिन्दु
30
Shares

मस्को । नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनामा रूसले मस्कोको रेड स्क्वायरमा भव्य समारोहबिच वार्षिक विजय दिवस मनाएको छ ।

करिब दुई दशकपछि पहिलो पटक मस्कोको विजय दिवस ‘परेड’मा कुनै सैन्य हतियार वा भारी सैन्य उपकरण समावेश गरिएको थिएन।

कार्यक्रममा देशविदेशका विशिष्ट पाहुनाहरूसमेत सहभागी भएका थिए भने कार्यक्रमलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरे । सम्बोधनमा उनले युक्रेनमा युद्धको औचित्य पुष्टि गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को आलोचना गरे । सयौँ सैनिक र आमन्त्रित विश्व नेताहरूको उपस्थितिमा रुसी राष्ट्रपतिले आफू युक्रेनमा ‘न्यायपूर्ण’ युद्ध लडिरहेको दावी गरे ।

रुसका विभिन्न भागमा पहिलेभन्दा बढी शान्तिपूर्ण ढङ्गले विजय दिवस मनाएका छन् । यो रूसको सबैभन्दा ठूलो राष्ट्रिय कार्यक्रम हो । जसले नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झना गर्दछ।

कडा सुरक्षाबीच ठूलो सङ्ख्यामा सैनिक रेड स्क्वायरमा प्रवेश गरेका थिए । भीडलाई सम्बोधन गर्दै नेता पुटिनले दोस्रो विश्वयुद्धमा सोभियत सैनिकको बलिदानको स्मरण गर्दै आफ्नो भाषणको सुरुवात गरेका थिए ।

Logo