ओमानको तटनजिकै भारतीय कार्गो जहाजमा आक्रमण

ओमानको तटनजिकै भारतीय कार्गो जहाजमा आक्रमण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भारतको विदेश मन्त्रालयले ओमानको तटनजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै गरेको छ ।

आक्रमणमा मालवाहक जहाज डुबेकोबारे विस्तृत विवरण पनि सार्वजनिक गरेको छैन । तर, भारतले उक्त जहाजको नाम ‘हाजी अली’ भएको जानकारी दिएको छ ।

बिहीबार विदेश मन्त्रालयले जारी गरेको लिखित वक्तव्यमा ओमानको तटनजिकै बुधबार बिहान भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “व्यावसायिक जहाजहरू र नाविकहरूलाई लगातार निशाना बनाइँदै गरिएको कार्यको हामी निन्दा गर्दछौँ ।”

बन्दरगाह,परिवहन तथा जल यातायात मन्त्रालयले जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको र उनीहरूको उद्धारका लागि ओमान प्रशासनलाई धन्यवाद दिएको छ ।

बन्दरगाह,परिवहन तथा जल यातायात मन्त्रालयका सचिव मुकेश मंगलले पनि घटनाबारे जानकारी दिएका छन् । “हाजी अली नामको काठले बनेको र मोटरबाट चल्ने जहाज सोमालियाबाट संयुक्त अरब इमिरेट्सको शारजाहतर्फ जाँदै थियो,” उनले भनेका छन्, “१३ मे २०२६ को बिहान ओमानको समुद्री क्षेत्रमा त्यसमाथि कथित रूपमा आक्रमण भयो । यसबाट जहाजमा आगो लाग्यो र पछि त्यो डुब्यो ।”

आक्रमणपछि जहाजमा सवार सबै १४ जना चालक दलका सदस्यहरूलाई ओमान कोस्ट गार्डले सुरक्षित उद्धार गरी ओमानको डिब्बा पोर्ट पुर्‍याएको छ । चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको बताइएको छ ।

Logo