केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने

केन्द्रबिन्दु
12
Shares

लन्डन । अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले नयाँ निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरुका लागि निकासी योजना घोषणा गरेको थियो ।

क्षेत्रीय देशहरू र उत्पादन उद्योगकाहरूसँगको समन्वयमा सञ्चालित अपरेसनले चलिरहेको सङ्कटबाट प्रभावित करिब ६०० वटा जहाजहरूमा सवार करिब ११ हजार चालकदलका सदस्यहरुको सुरक्षित प्रस्थानलाई सहज बनाउने अपेक्षा गरिएको डोमिंगेजले बताएका छन् ।

निकासी बढाउन दैनिक जसो काम गरिरहेको उल्लेख गर्दै आगामी केही हप्ताहरूमा अधिकांश जहाजहरू खाली गर्न सक्षम हुने आशा उनले व्यक्त गरेका छन् ।

पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा धेरै रणनीतिक महत्व बोकेको समुद्री नाका मध्ये एक हो भने यसलाई विश्वव्यापी ऊर्जा व्यापारको मुख्य सिमानाको रुपमा लिने गरिन्छ । हालैको सङ्कटको अवस्थामा २० हजार भन्दा बढी चालकदलका सदस्यहरु होर्मुज वरपरको पानीमा फसेको तथा व्यापारिक जहाजहरूमा भएको आक्रमणले कम्तिमा १४ जनाको ज्यान गएको जनाइएको छ ।

उनले जटिल सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अपरेसन सावधानीपूर्वक र चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए । वैकल्पिक जल मार्ग मध्यको उत्तरी भागमा इरान र दक्षिणी भागमा ओमानद्वारा सञ्चारित मार्गहरू मार्फत जहाजहरू निर्देशित भइरहेको जनाइएको छ भने । ओमान र आईएमओले संयुक्त रूपमा जारी गरेको सूचना यस हप्ताको सुरुमा लागू भएको जनाइएको छ ।

डोमिंगेजका अनुसार जहाजहरूलाई उनीहरूको निकासी आवश्यकता, तिनीहरू कति लामो समयदेखि फसेका छन्, र पर्सियन खाडीमा तिनीहरूको स्थान अनुसार ब्याचहरूमा समूहीकृत गरिएको छ, भने जलमार्ग पार गर्ने अनुमति दिनु अघि तोकिएको होल्डिङ क्षेत्रहरूमा अगाडि बढ्न निर्देशन दिइएको छ ।

समय पिरिस्थिती अनुसार जहाजहरूलाई सम्पर्क गरी स्वतन्त्र रुपमा जलमार्गको प्रयोगकोलागि समन्वय गरिने डोमिंगेजले बताएका छन‍् ।

Logo