चीनको तटीय प्रान्तमा बावी आँधीको प्रकोप

चीनको तटीय प्रान्तमा बावी आँधीको प्रकोप

केन्द्रबिन्दु
0
Shares

झेजियांग (चीन) । यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ ।

प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटकोे नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुङ्गाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको छ ।

झेजियांग मौसम विज्ञान सेवाका अनुसार बावी आँधी बुधबार विहान आठ बजे ताइवानबाट करिब एक हजार ५८० किलोमिटर दक्षिणपूर्वमा पानी माथि अवस्थित थियो । आधी बुधवार राति बिस्तारै उत्तर–पश्चिमतिर फर्कनु अघि करिब १५ देखि २० किलोमिटर प्रति घण्टाको गतिमा पश्चिमतर्फ बढ्ने पूर्वानुमान गरिएको छ । -सिन्ह्वा

Logo