अस्ट्रेलियाको समुद्री पंक्षीमा एच–५ बर्ड फ्लू पुष्टि

अस्ट्रेलियाको समुद्री पंक्षीमा एच–५ बर्ड फ्लू पुष्टि

केन्द्रबिन्दु
3
Shares

सिड्नी । वैज्ञानिकहरूले पहिलो पटक अष्ट्रेलियाको समुद्री पक्षीमा सङ्क्रामक रोग एच –५ बर्ड फ्लू पत्ता लगाएको अष्टेलिया सरकारले शुक्रबार जनाएको छ ।

गत जुन देखि अस्ट्रेलियामा एच–५ बर्ड फ्लूको कुल १२ वटा सङ्क्रमण पुष्टि भएको र सङ्त्रमण स्थानीय वन्यजन्तुमा नभई प्रवासी समुद्री चरामा भएको जनाइएको छ । प्रयोगशाला परीक्षणले यो रोगले दक्षिण अस्ट्रेलियाको रोबे सहरको ग्रेटर क्रेस्टेड टर्नलाई संक्रमित गरेको पुष्टि गरेको छ ।

यद्यपि सङ्क्रमणको वृद्धि एक चिन्ताजनक अवस्था भएको कृषि मन्त्री जुली कोलिन्सले बताएका छन‍् । उनले हालैको एच–५ बर्ड फ्लूका सङ्क्रमणका कारण मृत्यु भएको कुनै प्रमाण नभएको होबार्टमा आयोजि पत्रकार सम्मेलनमा बताए ।

भाइरस अन्य पशु , कुखुरा पालन वा मानव समुदाय र कृषि प्रणालीहरूमा फैलिएको कुनै सङ्केत नभएकाले मानव स्वास्थ्यका लागि जोखिम कम रहेको उनले बताएका छन् । उनले प्रवासी समुद्री चराहरूसँग सम्पर्कमा रहने एक तटीय समुद्री पक्षीमा एच–५ परिक्षण सकारात्मक परीक्षण देखिएको उल्लेख गरेका हुन् ।

दक्षिण अष्ट्रेलियाको प्रान्तिय सरकारले चरा फेला परेको क्षेत्रमा “उन्नत निगरानी“ लागू गरेको उनले बताएका छन् । यस घातक रोगले अस्ट्रेलियाली जीवजन्तुहरूले सामना गर्ने जोखिमलाई थप्न सक्ने चिन्ता बढेका जनाइएको छ ।

एच–५ वंशबाट सबै भन्दा बढी प्रभावित हुने जङ्गली चराहरूमा जलपक्षी, तटीय चराहरू, समुद्री चराहरू रहेको जनाइएको छ । समुद्री जनावरका साथै अन्य जनावरहरू जस्तै बिरालो, बाख्रा, र सुँगुरहरूमा पनि रोगको सङ्क्रमण पुष्टि भएको देखिएको छ ।

अधिकारीहरूले यो रोग अन्टार्कटिकबाट बसाइँसराइ गरी आएका चराहरूबाट अष्ट्रेलियामा आएको हो कि अनेत्र बाट फैलिएको हो भन्ने विषयमा अनुसन्धान भई रहेको जनाका छन् । -एएफपी

Logo