काठमाडौं । गुयानाको तटमा शनिबार राति ११६ जना यात्रु बोकेको डुङ्गा डुबेको छ । सरकारका मन्त्री जुवान एजगिलले आइतबार फेरिमा आठ जनालाई जीवित उद्धार गरिएको जानकारी दिए।
“आज दिउँसो साढे ३ बजे ‘एमभी बारीमा’ नामको डुङ्गाले ११६ यात्रु र चालक दलसहित पोर्ट काइटुमाको लागि यात्रा सुरु गरेको थियो,” एजगिलले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको भिडियोमा भनेका छन्।
“स्थानीय समय अनुसार आइतबार राति करिब ११ः०१ बजे सहयोगका लागि आग्रह प्राप्त भएको थियो,” एजगिलले थप्नुभयो । त्यसपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। उनले भने, “अहिलेसम्म हामीले आठ जनालाई जीवित उद्धार गरेका छौँ।“
एजगिलका अनुसार गुयानाको कोस्ट गार्ड र स्थानीय निजी डुङ्गाहरूले उद्धार गरेका व्यक्तिहरूको उपचारका लागि चिकित्सकीय टोली घटनास्थलतर्फ जाँदैछ । “सक्रिय खोज तथा उद्धार कार्य भइरहेको छ । हामी सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेका छौँ,“ उनले भने । पोर्ट काइटुमा एसेक्विबो क्षेत्रमा अवस्थित शहर हो, जसको स्वामित्वबारे गुयाना र भेनेजुएलाबीच क्षेत्रीय विवाद छ ।































