अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पुत्रलाभ

अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पुत्रलाभ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उषा भान्सलाई चौथो सन्तानका रूपमा पुत्रलाभ भएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमार्फत आइतबार बिहान एलेक नील भान्सको जन्म भएको जानकारी दिएका हुन् ।

एसोसिएटेड प्रेसका अनुसार, पदमा बहाल रहँदाको अवस्थामा अमेरिकी उपराष्ट्रपतिको सन्तान जन्मिएको यो १५० वर्षभन्दा बढी समययताको पहिलो घटना हो ।

जेडी र उषा भान्सका यसअघि नौ वर्षीय इभान, ६ वर्षीय विवेक र चार वर्षीया मिराबेल गरी तीन सन्तान छन् । उषा भान्स क्यालिफोर्नियाको सन डिएगोमा जन्मिएकी र हुर्किएकी हुन् । भारतको आन्ध्र प्रदेशबाट अमेरिका बसाइँ सरेका आप्रवासी परिवारका सदस्य उषाका बुवा मेकानिकल इन्जिनियर र आमा आणविक जीवविज्ञानविज्ञ हुन् ।

जेडी र उषाको भेट सन् २०१० मा येल ल स्कुलमा अध्ययनका क्रममा भएको थियो । उनीहरू ‘श्वेत अमेरिकामा सामाजिक पतन’ विषयक एक छलफल समूहमा सहभागी हुँदा एकार्कासँग परिचित भएका थिए ।

Logo