बेइजिङ । चीनले अमेरिकालाई चिनियाँ कृत्तिक बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको कथित ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको जवाफमा यो टिप्पणी गरेका हुन् ।
“अमेरिकाले यस्ता तथ्यहरूलाई बेवास्ता गरेको छ किनकि सम्बन्धित चिनियाँ कम्पनीहरूले विकास गरेका एआई मोडेलहरूको सार्वजनिक मिति अमेरिकी मोडेलको धेरै नजिक छ र केही चिनियाँ मोडेलहरूले पहिले नै क्षमताको अग्रणी स्तर हासिल गरिसकेका छन्,” प्रवक्ताले भने । उनले नवीनता कुनै एक पक्षको अनन्य अधिकार नभएको बताए ।
धेरै अमेरिकी एआई कम्पनीहरूले अनुसन्धान, विकास र प्रशिक्षणको क्रममा चिनियाँ मोडेलहरू प्रयोग गरेका पनि उनले दाबी गरे । रासस/एएफपी




















