फिलिपिन्समा दुई दिनमा दुई पत्रकारको हत्या

फिलिपिन्समा दुई दिनमा दुई पत्रकारको हत्या

केन्द्रबिन्दु
0
Shares

जाम्बोङ्गा (फिलिपिन्स), २४ साउन । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् ।

यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन् ।

पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिनुभयो ।

उहाँले गत बर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको पनि बताउनु भयो ।

दुवै घटनामा पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए ।

हत्या गरिएका दिअज ६० बर्षका हुनुहुन्थ्यो । उहाँ मनिला ताब्लोइद बालितामा संवाददाता र एउटा स्थानीय सामुदायिक पत्रिकाका स्तम्भकार हुनुहुन्थ्यो । उहाँको हत्या राष्ट्रपतिको दक्षिणी सहर क्विरिनोमा सोमबार भएको उहाँका एक सहकर्मी फोर्ट यर्रोले जानकारी दिनुभयो ।

दिअज एक जना पुर्वप्रहरी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक भ्रष्टाचार, अवैधानिक जुवातास, लागु औषध लगायतका बारेमा समाचारहरु लेख्नु भएको यर्रोले बताउनुभयो । उहाँलाई यसअघि कुनै धम्की आएको बारेमा आफुहरुले थाहा नपाएको उहाँको भनाई छ ।

हत्या गरिएका अर्का पत्रकार अलिकावे ४७ बर्षको हुनुहुन्थ्यो । उहाँले स्थानीय डिएक्सपिवी रेडियोमा साप्ताहिक अन्तर्बार्ताको कार्यक्रम सञ्चालन गर्दै आउनुभएको थियो । उहाँलाई गत आईतबार मोलाभे सहरमा हत्या गरिएको प्रहरीले जनाएको छ ।

सरकारी रेडियोका एक जना व्यवस्थापकले अलिकावेले प्रसारण गरेका कार्यक्रमहरुमा कुनै विवादस्पद विषयहरु नरहेको बताउनुभयो ।

“उहाँमाथि किन यस्तो घटना भयो, हामी आँफै अचम्म परेका छौं, एक जना प्रसारण पत्रकारका रुपमा उहाँ छुचो र कसैलाई रुष्ट बनाउने व्यक्ति हुनुहुन्थेन,” नाभार्रोले भन्नुभयो ।

दुवै जनाको हत्या भएका दुवै ठाउ इस्लामिक लडाकू, कम्युनिष्ट छापामार र राजनीतिक नेताहरु बढी सक्रिया भएको क्षेत्रमा पर्दछ । रासस/सिन्ह्वा

Skip This
Logo