अलजजीराका कार्यालय बन्द गर्ने इजरायल सरकारको निर्णय

अलजजीराका कार्यालय बन्द गर्ने इजरायल सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

जेरुसेलम (इजरायल), २२ साउन । इजरायलले आफ्नो देशमा रहेका  अलजजीराका सम्पूर्ण कार्यालयलाई बन्द गर्ने भएको छ । त्यस्तै अलजजीराका पत्रकारलाई आफ्नो देशभित्र समाचार सम्प्रेषण गर्न समेत रोक लगाउने निर्णय गरेको छ । 

इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले अरब क्षेत्रको सेटलाइट प्रविधिबाट समाचार प्रशारण गर्ने सञ्चारमाध्यम अलजजीराले अनावश्यक बिषयमा उत्तेजना फैलाउने कार्य गरेको आरोप लगाए ।

इजरायली सुचना तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको एक विज्ञप्तिमा इजरायलले उक्त च्यानलले प्रशारण गरेको उत्तेजक समाचार सामग्रीका विषयलाई तुरुन्त खण्डन गर्न माग गर्ने साथै यस च्यानलको केबल तथा सेटलाइट प्रशारणलाई काटिदिने बताइएको छ । रासस । 

Skip This
Logo