इन्टरनेटको ब्राउजिङ हिष्ट्रि बिक्रिमा

इन्टरनेटको ब्राउजिङ हिष्ट्रि बिक्रिमा

केन्द्रबिन्दु
0
Shares

बर्लिन, २१ साउन । तपाईले इन्टरनेटमा चलाए ब्राउजिङ हिष्ट्रि, महत्वपूर्ण डाटाहरु अनलाईनमा सजिलै किन्न सकिने भएको छ ।

अहिले विभिन्न कम्पनीहरुले विभिन्न ब्यक्तिहरुको इन्टरनेट ब्राउजिङ हिष्ट्रि र उनीहरुको विभिन्न डाटाहरु चोरी गरेर सस्तोमा बिक्रि गर्न थालेका छन् ।

जर्मनीका एक अनुसन्धानकर्ता र पत्रकारले आफ्नो अनुसन्धानमा विभिन्न ब्यक्तिहरुको डाटा सस्तो मुल्यमा खरिद गरेको बिबिसिलाई बताए । उक्त कम्पनीले जर्मनीका विभिन्न ३० लाख ब्यक्तिहरुको इन्टरनेट डाटाहरु चोरी गरेर बिक्रिमा राखेर बसेका छन् । उनीहरुले प्राप्त गरेको डाटामा अदालतका एक न्यायधिशको समेत रहेको छ । जसमा उनले हेरेको अश्लिल वेवसाईटका डाटाहरु पनि रहेको जनाइएको छ ।

इन्टरनेटमा डाटाको चोरी मुख्य रुपमा विभिन्न विज्ञापन कम्पनीहरुलाई बिक्रि गर्नकै लागि हुने गरेको छ । यसरी चोरी भएको डाटाहरु खरिद गरेपछि विज्ञापन कम्पनीहरुले ति ब्यक्तिहरुको ब्राउजिङ हिष्ट्रि हेरेर सोही अनुसारको विज्ञापनहरु वेवसाईटमा देखाउने गर्छन् । (एजेन्सी)

Skip This
Logo