बर्लिन, २० साउन । जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङले शुक्रबार लेखेको छ । "/>

शरणार्थी फिर्ता पठाउँदै जर्मनी

शरणार्थी फिर्ता पठाउँदै जर्मनी

केन्द्रबिन्दु
0
Shares

 

बर्लिन, २० साउन । जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङले शुक्रबार लेखेको छ । 
शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो ।

इटालीबाट आउने शरणार्थीहरुको सङ्ख्या बढ्दै गएपछि जर्मनीले शरणार्थीहरुलाई फिर्ता पठाउने नीति बनाएको पत्रिकाले उल्लेख गरेको छ । आवास सहितका आधारभूत शरण र सेवा सुविधा दिन नसक्ने भएको भन्दै जर्मन सरकारले सन् २०१४ देखि शरणार्थीहरुलाई इटाली फिर्ता गराउन थालेको थियो ।

तर जर्मनीको यो कदमले शरणार्थीसम्बन्धी डबलिन नियमावलीको उल्लङ्घन गरेको छ । डबलिन नियमावलीमा शरणार्थी जुन देशमा प्रवेश गरेको हो त्यही शरण लिन पाउने व्यवस्था गरेको छ । 

स्ट्रासबर्गमा रहेको मानवअधिकार सम्बन्धी युरोपेली अदालतले डब्लिन मापदण्ड अनुसार युरोपेली सङ्घका अन्य सदस्य देशहरुले जस्तै शरणार्थीलाई पर्याप्त सेवा सुविधा दिनु पर्ने बारेमा निर्णय गरेको थियो । 

नवजात शिशु र साना बालबालिका सहितको परिवार अहिलेसम्म पनि कतै जान पाएका छैनन् । बामपन्थी पार्टीका राजनीतिज्ञ उल्ला जेल्प्केले विस्थापित भएका बालबालिका सहितका परिवारलाई अमानवीय अवस्थामा राखिएको भन्दै आलोचना गर्नुभएको छ । इटालीको कानून अनुसार बालबालिका सहितका सवैलाई आधारभूत सेवा सुविधा उपलब्ध गराउन पनि उहाँले माग गर्नुभएको छ । 

Skip This
Logo