दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

केन्द्रबिन्दु
0
Shares

मायमी, १९ साउन । विश्वको पाँच भागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । 

विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त सङ्कट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो । 

उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन् । 

उक्त अध्ययनमा सम्लग्न वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा पर्नसक्ने चेतावनी दिएका छन् । रासस/एएफपी 

Skip This
Logo