एजेन्सी : पुनर्जन्मको विषयलाई लिएर मानिसहरुको सोचाई आ-आफ्नै किसिमको छ । कतिलाई विश्वास लाग्छ । कतिलाई लाग्दैन ।
तर पुनर्जन्मसँग जोडिएका थुप्रै कथाहरु पढ्न पाइन्छ । अहिले कम्बोडियामा यस्तै भएको छ । तर यो कथा होइन वास्तविकता हो । समाजिक सञ्जालमा पुनर्जन्मको विषयलाई लिएर एक वृद्धा चर्चामा छिन् । ७४ वर्षकी किम हाङले आफ्ना श्रीमानको अवतार ठानेर गाईको बाच्छोसँग बिहे गरेकी छिन् ।
मानिसहरु यस विषयलाई लिएर आश्चर्यचकित छ । उनको घरमा बाच्छो हेर्न आउनेको भीड लाग्छ । यी वृद्धले आफ्नो पति मानेका बाच्छोलाई आफुसँगै सुताउँछिन् । दिनभर उसैको रेखदेख गर्छिन् ।
किख हाङका अनुसार उनका पति बाच्छोको अवतारमा फर्किएर आएका हुन् । उनले यसअघि नै आफ्नो पतिको आत्मा आफु समक्ष आइपुगेको दाबी गरिन् । त्यतिबेला पतिको आत्माले उनीसँग फर्केर आउने वाचा गरेको थियो।
त्यसपछि यो बाच्छो उनको नजिक आयो । उनको कपाल सुम्सुम्याउन थाल्यो । गलामा किस गर्यो । यो बाच्छोले त्यसरी नै सिढींहरु चढ्छ । जसरी उनका पति चढ्ने गर्दथे ।
उनलाई यो बाच्छो आफ्नै पतिको अवतार भएको महसुस भयो । त्यसपछि उनले बाच्छोलाई कुनै समय आफ्ना पति बस्ने कोठामा राख्न थालिन् । यी वृद्धाका छोरा-छोरी भने बाच्छोलाई आफ्नो बाबुको अवतार मान्दैनन् ।





























प्रतिक्रिया