केन्द्रबिन्दु संवाददाता । ३१ असार, काठमाडौं ।
यतिबेला पूर्वोत्तर भारत आन्दोलनले रापिएको छ । बिमल गुरुङ नेतृत्वको आन्दोलनसँगै दार्जीलिङले संकटमाथि संकट व्यहोर्दैछ । यसको सोझो असर सिक्किममा समेत देखिएको छ । गोर्खाल्यान्ड आन्दोलनकै कारण सिक्किमको रासनपानी रोकिएको बताइन्छ ।
यसै मेसोमा हालै सिक्किममा मूख्यमन्त्री पवन चाम्लिङले आक्रोस पोखेका छन्, ‘हामीलाई सानो राज्य भनेर हेप्दैछ । हामीलाई लुक डाउन गरेको छ ।’ पछिल्लो तीन दशकयता विभिन्नखाले कष्ट भोग्दै आएको सिक्किममा अहिले रासनपानी र इन्धनको अभाव भएको भन्दै उनले सत्रुलाई चिन्नुपर्ने बताएका छन् । ‘हाम्रो विकास देखेर आरिस गर्नेहरु, हामीलाई दुख दिनेहरु हाम्रा सत्रु हुन्’ चाम्लिङलाई उघृत गर्दै दार्जीलिङबाट प्रकाशित हुने हिमालयन दर्पणले लेखेको छ, ‘जसले हामीलाई गरिखाएको हेर्न सक्दैनन्, उनीहरु हाम्रा दुश्मन हुन् ।’
गोर्खाल्यान्ड आन्दोलनको कारण सिलगुढीमा सिक्किमको गाडीहरु तोडफोड गर्ने, राशनपानी बन्द गर्ने कुराप्रति उनले रोष प्रकट गरेका छन् । गोर्खाल्यान्ड आन्दोलनका कारण बर्षौ बर्ष सिक्किमले कष्ट व्यहोरेको बताउँदै चाम्लिङले बङ्गाल सरकारको आलोचना गरेका छन् । उनले सिक्किमको सुरक्षाका लागि भारत सरकारसमक्ष कुरा राखेको बताउँदै भने, ‘पश्चिम बंगाल सरकारले सुरक्षा दिएन भने सेना लगाएर भएपनि सिक्किमलाई सुरक्षा प्रदान गर्छु ।’





























प्रतिक्रिया