अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो पटक टेलिफोन सम्वाद भएकाे छ ।
सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको नयाँदिल्ली र वासिङ्टनले जनाएका छन्।
कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए ।
अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ।
दुई नेताहरू म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्ने कुरामा पनि एकमत भएको उल्लेख गरिएको छ। म्यानमार गत साता सेनाले ‘कू’मार्फत् सत्ता हत्याएको छ।





























प्रतिक्रिया