दक्षिण भारतमा सडक दुर्घटनाः चौंध जनाको मृत्यु

दक्षिण भारतमा सडक दुर्घटनाः चौंध जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।  

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिलाको मृत्यु भएको छ ।  घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।  

प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ । रासस

Logo